एउटै मुटु दुईटा पारि बसेकाछौ किन ?
फुल छोडी काँडा सित फसेकाछौ किन ?
नपाउँन्जेल आकाशको तारा झार्छु भन्दै
स्वांग पारि ब्यर्थै चिप्लो घसेकाछौ किन ?
बिना अर्थ मायाजाल फिजाएर हिड्दै
नागले झैँ चारैतिर डसेका छौ किन ?
फुल- काँडा छुट्याउँने ढंग छैन तिम्रो
मर्द बनि अझै कम्मर कसेका छौ किन ?
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment