जिन्दगीका रहर जति सबै मारिसके मैले |
नखोज भो जित्न मलाई आफै हारिसके मैले |
जीबन भरि छुरी धस्दै मलाई तिम्ले दिएका ती
चोटै चोटका पीडा आँशु बाटै झारिसके मैले |
जति तिम्ले दुखाउँन खोजे पनि मेरो मन यो
दुख्ने छैन अब देखी पत्थर पारिसके मैले |
सुन्दा सुन्दै दिक्क हुदै तिम्रा जाली कुराहरु
नबोलेरै मौन बसी भित्रै टारिसके मैले |
चैत मास खडेरीले खाएको त्यो डाली थियो
त्यही पनि रसिलो ठाउँ खोजी सारिसके मैले |
नसोचेनी हुन्छ फेरी यो मनभित्र पस्छु भनि
मनको ढोका काँडे तारले अब बारिसके मैले |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment