पिंजडाको चरीले झैँ ज्यान मैले पालेकी छु |
भित्रि मनमा सजाउँदै दियो बत्ति बालेकी छु |
जताततै सुन्याताले छाइदिदा आफै भित्र
हजारौको हुल्मा पनि एक्लो हुन थालेकी छु |
अचानोले जस्तै गरि चोटै चोट खप्दै बसी
छिया-छिया हुँदा मुटु जसोतसो टालेकी छु |
खुशी भन्दा पनि धेरै निराशाले ढाक्दा आज
आफ्ना मन्का इच्छा जति भित्र भित्रै गालेकी छु |
सबै कुरा सहेर नै कर्म यस्तै रैछ भन्दै
अझै पनि हार नखाई पाईला अघि चालेकी छु |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment