भाग्य हाम्रो यस्तै रैछ कसो गर्नु तनि
सम्झिएर मुटु पोली दुख्छ मलाई पनि
तिमी फुल्यौ एकातिर म फुलेछु अन्तै
जहाँ फुलेनी हाम्रो माया अजम्बरी छनि
जस्तै बाधा आए पनि जिन्गदिमा मेरो
गर्छु पुजा तिमी सधै खुशी हुनु भनि
यो जुनीमा यस्तै भयो मन बुझाई बस
अर्को जन्म लिनेछु म पक्कै तिम्रो बनि
-रिमा साईराम
No comments:
Post a Comment