बोलाउँदा तिमीलाई बात लाग्छ कि त ?
नशालु ति हेराईको मात लाग्छ कि त ?
देखेपछी तिमीलाई कुरा खेल्दा मनमा
सुनाईहालौ भने पनि घात लाग्छ कि त ?
मायालुको ईशारामा तिमी मुस्काउँदा
सोची हाल्छु मन मनै साथ लाग्छ कि त ?
तिम्ले हेर्दा उता बाट हेर्छु मैले पनि
भाग्य बस मायाको नै खात लाग्छ कि त ?
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment