नजानेका शब्दहरु कोर्न सिक्दैछु म
आफुभित्र लुकेका ति कला झिक्दैछु म
आफैखाउ आफैलाउ भन्ने दुनियामा
संघर्षको भुमरीमा बसी टिक्दैछु म
नबुझेका कुराहरु बुझ्न खोज्दै आज
आफ्नो मनको भाबनामा आफै बिक्दैछु म
रुची राख्दै केहि लेख्छु भन्दै अघि सरी
आत्मैदेखि आफुलाई राम्रो खिप्दैछु म
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment