अरुलाई दु;ख दिदै ढाँट्न सक्तिन म
आदर्शका फुस्रा कुरा छाँट्न सक्तिन म
घाँटी हेरी हाँड निल्ने बानी हुँदा मेरो
स्तर भन्दा ठुला काम आँट्न सक्तिन म
आँफुलाई अह्राएको कुनै पनि कुरा
गर्दिन'भो भन्दै बोली काट्न सक्तिन म
खोलेफाँडो खादै बाँच्छु बरु गर्ब मान्दै
धनसँग स्वभिमान साँट्न सक्तिन म
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment