अब धेरै बस्दिन म छिट्टै फर्की आउँछु आमा |
गाउँ बेसी मेला पात तिमी संगै धाउँछु आमा |
मेरा निम्ति दर्द पीडा धेरै सहिसक्यौ तिम्ले
छिट्टै आई तिम्रो मन्मा खुशी बनि छाउँछु आमा |
चाँड पर्ब आउँदा पनि पुग्यो अब टोलाउँन
अहिलेको तिज सम्म मैले छुट्टि पाउँछु आमा |
आफ्नै गाउँ घरतिर चलन चले अनुसार
सारी चोलो चुरा पोते टिका पनि लाउँछु आमा |
तिम्रै हात्ले पकाएको मिठो-मिठो खाना खादै
साथी संगी भेला पारि नाच्दै गित गाउँछु आमा |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment