त्यो ठाडो शिर झुकाउँछौ किन ?
आफुलाई त्यसै चुकाउँछौ किन ?
सकेनौ क्यारे मायालाई बुझ्न
ब्यार्थैमा मन दुखाउँछौ किन ?
असत्य तिमी अंगालि बस्छौ
यथार्थ फेरी लुकाउँछौ किन ?
नहुनु थियो भइसक्यो फेरी
रोएर घाटि सुकाउँछौ किन ?
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment