Monday, January 31, 2011

गजल , म हिडेको बाटो ,


कस्तो भयो होला सधैँ म हिडेको बाटो आज ?
सम्झी-सम्झी रुदैछु म आफ्नै देशको माटो आज |

प्रदेशमा पिजडाको चरीले झैँ बाच्नु पर्दा
आँखाभरि झल्केको छ मेरै खेतको पाटो आज |

भोकै बस्न नसकि यो बेदेशिको खाना खादा
घुटु-घुटु थुक निल्छु सम्झी घरको आँटो आज

आफन्तको याद आउँदा झनै पिर चिन्ता मान्दै
दु;खी हुदै बसेकिछु रमाउँनुको साटो आज |

रिमा साईराम सापकोटा

Sunday, January 30, 2011

गजल, रहर ,

जिन्दगीका  रहर जति सबै मारिसके मैले |
नखोज भो जित्न मलाई आफै हारिसके मैले |

जीबन भरि छुरी धस्दै मलाई तिम्ले दिएका ती
 चोटै चोटका  पीडा आँशु बाटै झारिसके मैले |

जति तिम्ले दुखाउँन खोजे पनि मेरो मन यो   
दुख्ने छैन अब देखी पत्थर पारिसके मैले |

सुन्दा सुन्दै दिक्क हुदै तिम्रा जाली कुराहरु
नबोलेरै मौन बसी  भित्रै टारिसके मैले  |

चैत मास खडेरीले खाएको त्यो डाली थियो
त्यही पनि रसिलो ठाउँ खोजी सारिसके मैले |

नसोचेनी हुन्छ फेरी यो मनभित्र पस्छु भनि
मनको ढोका  काँडे तारले अब बारिसके मैले |

रिमा साईराम (सापकोटा)

Friday, January 28, 2011

गीत, रैछौ तिमी जाली,

इमान्दारी छौ भनेको रैछौ तिमी जाली |
बेसारे भै नभन भो अब मलाई काली |

आफ्नै सम्झी धेरै बिस्वास गर्थे तिमी माथि
सोचेकी नि थिइन मैले छौ भनेर घाती
बस्दै छु म फाटेको मन आफु भित्रै टाली
बेसारे भै नभन भो अब मलाई काली |

जहाँ तिमी भए पनि सधैँ खुशी हुनु
यो 'रिमा'लाई सम्झिएर नपरोस् है रुनु
मुटु भरि चोटै चोट् छ छैन कतै खाली
बेसारे भै नभन भो अब मलाई काली |

इमान्दारी छौ भनेको रैछौ तिमी जाली
बेसारे भै नभन भो अब मलाई काली |

रिमा साईराम (सापकोटा)

गजल , तिमीलाई भेटेपछी,



तिमीलाई भेटे पछी धेरै खुशी लागेको छ |
भएका ती  पिर व्यथा यो मनबाट भागेको छ |

जिन्दगीमा जतिसुकै कष्ट भोग्नु परे पनि
सधै भरि यो आत्माले तिम्रै साथ मागेको छ

 जुनी-जुनी भरिलाई तिम्रो माया सजाउदै
अरु हैन यो दिल भित्र  तिम्रै तस्बिर टाँगेको छ

जिउँदै थिएँ  पिल्सिएर  आफै बनी मरे तुल्य
आयौ तिमी अमृत छर्दै बाच्ने इच्छा जागेको छ

 रिमा साईराम (सापकोटा)

Thursday, January 27, 2011

गीत, एक्लो पार्दिन

भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
 जुनिभरी तिम्रो माया कतै सार्दीन


विधाताले आज कस्तो खेल खेलाए
जिन्दगीका इच्छाहरु सबै सेलाए
तिम्ले माया मारे पनि म त मार्दिन
 जुनिभरी तिम्रो माया  कतै सार्दीन

बस्नु पर्यो विरहको गीत गाएर
 दुखाएछु व्यर्थै मुटु प्रित लाएर
 भन्ने गर्थ्यौ बिना अर्थ आँशु झार्दीन
 जुनीभरी तिम्रो माया  कतै सार्दीन

भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
 जुनिभरी तिम्रो माया  कतै सार्दीन

रिमा साईराम (सापकोटा) 

Tuesday, January 25, 2011

गजल , कलिला मुना

कलिला मुना छोडेर आएँ
आत्मीय नाता तोडेर आएँ

तोते बोलीमा भन्दै थे आमा !
विवश यो मन मोडेर आएँ

भए नि इच्छा स्याहार्दै बस्ने
धनसँग नाता जोडेर आएँ

मुटुमा गाँठो पारेर आफैँ
स्नेहको पर्खाल फोडेर आएँ ।


  रिमा  साईराम (सापकोटा)

Monday, January 24, 2011

गजल,छिट्टै फर्की आउँछु आमा


अब धेरै बस्दिन म छिट्टै  फर्की आउँछु आमा |
गाउँ बेसी  मेला  पात  तिमी  संगै  धाउँछु आमा |

मेरा निम्ति  दर्द पीडा धेरै  सहिसक्यौ तिम्ले
छिट्टै आई  तिम्रो मन्मा खुशी बनि छाउँछु आमा |

चाँड पर्ब आउँदा पनि  पुग्यो अब टोलाउँन
अहिलेको  तिज सम्म मैले छुट्टि पाउँछु आमा |

 आफ्नै गाउँ घरतिर  चलन चले अनुसार
 सारी चोलो चुरा पोते  टिका पनि लाउँछु आमा |

तिम्रै हात्ले पकाएको मिठो-मिठो खाना खादै
साथी संगी भेला पारि नाच्दै  गित गाउँछु आमा |

   रिमा साईराम (सापकोटा)

Sunday, January 23, 2011

गीत,अतीतमा

अनायासै अतीतमा फर्किसकेछु|
मन थाम्नै नसकेर दर्किसकेछु |

यी आँखामा सधैँ तिम्रो झल्को आएर
बाच्नै गाह्रो भएको छ मुटु खाएर
समाल्दै थे तर भित्रै चर्किसकेछु
मन थाम्नै नसकेर दर्किसकेछु |


रित्तो मेरो जीवनमा के नै साँचु म
 तिम्रै यादमा मरी-मरी कति बाँचु म
यिनै कुरा खेलाउँदै  झर्किसकेछु
मन थाम्नै नसकेर दर्किसकेछु |

अनायासै अतीतमा फर्किसकेछु
मन थाम्नै नसकेर दर्किसकेछु |

रिमा साईराम (सापकोटा)

Saturday, January 22, 2011

गजल, छोडी गयौ आज तिमी ,


छोडी गयौ आज तिमी एक्लो पारेर |
बसेकी छु बलिन्धाँरा आँशु झारेर |

 यस्तो दिन किन आयो थाहै भएन
हाँसी-हाँसी पीडा ढाक्दै भाग्यौ टारेर |

बाध्यताले आज कस्तो खेल खेलायो
चाहेर नी सकीन भो राख्न बारेर |

दैब पनी निस्ठुरी नै बनी दीनाले
जान बाध्य भयौ मेरो माया मारेर |

रिमा साईराम (सापकोटा)

Friday, January 21, 2011

गजल, भित्र भित्रै मारी यहाँ,


आँफ्ना सबै इच्छाहरु भित्र-भित्रै मारि यहाँ |
जिउँनु नै पर्ने रैछ मनै घाईते पारि यहाँ |

दिन दिनै अभाब र खाँचो खडा हुदाँ पनि
जसो तसो चल्नै पर्ने हाँसी हाँसी टारी यहाँ |

बन डढ्या देख्ने सबै मन डढ्दा कस्ले देख्नु
दर्द  पिडा  पखाल्नु नै पर्ने आँसु झारी यहाँ |

बल्या आगो ताप्दै सबै निभेकोलाई छोड्दा खेरि
 देखावटी हाँस्नै पर्ने  खुशी पर सारी यहाँ |

रिमा साईराम (सापकोटा)

Thursday, January 20, 2011

गजल , छाँट्छौ नेता,

सोझा साझा जनतालाई कतिसम्म ढाँट्छौ नेता ?
मंच माथि उफ्री-उफ्री फुस्रा गफ छाँट्छौ नेता |

आदर्शका भाषणले जनाताको आँखा छल्दै
अरु केही गर्ने हैन कुर्सी मात्र आँट्छौ नेता |

जनताको हीत हुने काम गर्छौ भनी खोक्दै
गरिबलाई झुक्याउँदै तिन्कै आँशु चाट्छौ नेता |

आफ्नो सर नपुग्दामा सियो बनी पस्न खोज्दै
खोलो तर्यो लौरी बिर्स्यो गर्दै डाँडो काट्छौ नेता |

रिमा साईराम (सापकोटा)

गजल, सहयात्री बन्छु भन्दै ,

सहयात्री बन्छु भन्दै तर्किएको किन ?
मेरो माँया छैन भने फर्किएको किन ?

कमलो यो नौंनी जस्तै  मन भित्र फेरी
घाऊ पार्दै नुन चुक छर्किएको किन ?

सत्य अनि मिठा कुरा गर्दै थिएँ म त
तर तिमी रिसाउँदै झर्किएको किन ?

तिम्रो जस्तै कडा मन बनाउँन खोज्दा
मेरो मुटु भित्र-भित्रै चर्किएको किन ?

सम्हालेर आँफुलाई रुन्न भन्दा पनि
आशुँ त्यसै आँखा बाट दर्किएको किन ?

रिमा साईराम (सापकोटा)

गजल , मायालु त्यो तिम्रो रुप ,

गजल ,१

 मायालु त्यो तिम्रो रुप देखाउँदै आए देखी |
सपनी नै प्यारो लाग्थ्यो नब्युझिंन पाए देखी |

सधैँ भरी पर्खी बस्थे तिमी आउँने बाटो हेर्दै
सम्झिएर  मेरै निम्ती भेट्न तिमी धाए देखी |

एकान्तमा हराउँदै कल्पिएर सुनिरन्थें
जिन्दगिका मिठा- मिठा गीत तिम्ले गाए देखी |

तिमी बाट जुनी भर टाढा हुने थिईन म
नछुट्टिने बाचा गरि चोखो माया लाए देखी |

रिमा साईराम (सापकोटा)

यो गजलको जबाफ लेख्नु भएको छ बिष्णु भुर्तेल ज्यु ले |

 गजल, २,


हेराई तिम्रो रुप मेरो, देखाउँदै आएको छु !
सपनामा मलाई देख्ने, बानी तिम्लाई लाएको छु !!

तिम्ले मलाई हेर्ने बाटो, फरक पर्ला डर लाग्छ !
छाम्छौ मुटु ? थाहा हुन्छ, भेट्न कति चाहेको छु !!

आफ्नो मान्छे ,आफ्नै स्वर, कति धेरै सुन्छ्यौ सानु !
तिम्रै निम्ती मिलनका, सयौ गीत गाएको छु !!

छुट्टिएर टाढा हुने, सोच्न पनि कहाँ सक्छु !
नछुट्टिने बाचा कसम, लाखौँ पटक खाएको छु !!

बिष्णु भुर्तेल ;

गजल, सिन्दुर एक धर्को मैले,

बाध्यतामा पहिरिएँ , सिन्दुर एक धर्को मैले |
त्यही सिन्दुर मानिराछु, आज सम्म सर्को मैले |

बिना इच्छा  पराईको, साथ लाग्नु पर्दाखेरि
रुँदै-रुँदै  ओढीदिएँ , घुम्टो अनि बर्को मैले |

कर-कापमा  डोली चढी , माईती घर छोड्नु पर्दा
सोचे साच्चै बा-आमालाई, दिएछु की झर्को मैले |

अन्जान झैँ बन्दै बसे, आफ्ना इच्छा दबाउँदै
बदलामा जिउँदैछु ,जीबन आज चर्को मैले |

रिमा साईराम ( सापकोटा)  

गजल , बोलाउँदा तिमीलाई ,


बोलाउँदा तिमीलाई  बात लाग्छ कि त ?
नशालु ति  हेराईको  मात लाग्छ कि त ?

देखेपछी तिमीलाई कुरा खेल्दा मनमा
सुनाईहालौ भने पनि घात लाग्छ कि त ?

मायालुको ईशारामा  तिमी मुस्काउँदा
सोची हाल्छु मन मनै  साथ लाग्छ कि त ?

तिम्ले हेर्दा उता बाट हेर्छु मैले पनि
भाग्य बस मायाको नै खात लाग्छ कि त ?

रिमा साईराम (सापकोटा)

Tuesday, January 18, 2011

गजल, बिना अर्थ,

बिना अर्थ जिन्दगीको गीत गायौ कीन ?
दौडी-दौडी लेक बेशी भेट्न धायौ कीन ?

सहयात्री बन्ने आस  देखाउँदै मलाई
छोडी जानु रैछ ब्यर्थै माया लायौ कीन ?

पिरतीका  कुरा गरी हात समाउँदै
नपुग्ने ती झुटा बाचा त्यसै खायौ कीन ?

चैतमास खडेरीमै रमाउँदै थिएँ
झरी बनी रुझाउँन तिमी आयौ कीन ?


रिमा साईराम (सापकोटा)

गजल ,जीबन मैले पालेकी छु ,

पिंजडाको   चरीले झैँ  ज्यान मैले पालेकी छु |
भित्रि मनमा  सजाउँदै दियो बत्ति बालेकी छु |

जताततै  सुन्याताले छाइदिदा आफै भित्र
हजारौको हुल्मा पनि एक्लो हुन थालेकी छु |

अचानोले जस्तै गरि चोटै चोट खप्दै बसी
छिया-छिया हुँदा मुटु जसोतसो  टालेकी छु |

खुशी भन्दा पनि धेरै   निराशाले       ढाक्दा आज
आफ्ना मन्का इच्छा जति भित्र भित्रै गालेकी छु |

सबै कुरा    सहेर नै     कर्म    यस्तै   रैछ भन्दै
अझै पनि  हार नखाई   पाईला अघि चालेकी छु |

रिमा साईराम (सापकोटा)

Thursday, January 13, 2011

गजल, तिम्रो नाउँमा ,

तिम्रो नाउँमा एउँटा गित लेख्न मन लाग्यो|
भुली जाने निष्ठुरीलाई देख्न मन लाग्यो |

मलाई छोडी आज तिमी हुँदा धेरै टाढा
अतित् सम्झी मुटुको घाऊ सेक्न मन लाग्यो |

सपनीमा जिस्काउँन तिमी आउँदा पनि
नजाउ कतै  भन्दै बाटो छेक्न मन लाग्यो |

जता तिमी डुलेका छौ उतै हंस जाँदा
चरीले झैँ रुखको हागो टेक्न मन लाग्यो |

 रिमा साईराम (सापकोटा

Tuesday, January 11, 2011

गजल, तर्किएर गयौ किन ?

पानि माथि तेल जस्तै तर्किएर गयौ किन ?
मिठो बोलि बोल्दै थिए झर्किएर गयौ किन ?

तिमी बिना बाच्नै गाह्रो हुन्छ भन्ने गर्थ्यौ सधै
अनायासै आज आफै लर्किएर गयौ किन ?

दुइ मुटु एकै बनि बाच्ने बाचा थियो हाम्रो
तर आज शिशा सरी चर्किएर गयौ किन ?

 पुर्याउन  नसक्ने ति झुटा आशा देखाएर
 म दुखीको आँखा देखि , दर्किएर गयौ किन ?

जाने रैछौ तिमी आखिर, जति माया गरे पनि
 प्रेम भन्दै बिष मलाई, छर्किएर गयौ किन ?

रिमा साईराम (सापकोटा)

गेडी , रोएर कति बस्नु पिडा धोएर,

१,गयौ मलाई छोडेर ,मेरो माया तोडेर
फर्क अब भन्दैछु ,दुई हात जोडेर
रोएर
कति बस्नु, पिडा धोएर
२, बस्छु आँशु पिउँदैं, कल्पनामा जिउँदै
भित्र भित्रै फाटेको , आफ्नै मन सिउँदै
दुख्दैछ
तिम्रै पिरले ज्यान सुक्दैछ
३, खेतबारी खनेर ,सार्है दु;खी बनेर
हेरिरन्छु बाटोमा आउँदैछौकी   भनेर
छोटो छ
सोच्ने गर्छु, कर्मै खोटो छ

रिमा साईराम (सापकोटा)

गजल, केही छैन भर साथी,

मरी जाने जिन्दगीको केही छैन भर साथी ।
बाँचुन्जेल पापदेखि डराई पर सर साथी ।

सानो घाउले आफूलाई जति दर्द पीडा हुन्छ
त्यस्तै सम्झी अरुको'नि मर्का बुझ्ने गर साथी ।

जस्तो कर्म गर्छौं हामी उस्तै फल पाउँछौ भन्दै
अरुलाई दु;ख दिन मानिदिउँ डर साथी ।

जति धन सम्पति नै भए पनि हामीसंग
जस्तो आयौं उस्तै जान्छौं लानु के नै छ र साथी ।

अहंकार हटाएर हामी सबै एकै सोची
मनभित्र प्रेम-भावको बनाईदिउँ घर साथी ।

रिमा साईराम (सापकोटा)

गजल, ढाँट्न सक्तिन म,

अरुलाई     दु;ख दिदै ढाँट्न सक्तिन म
आदर्शका  फुस्रा कुरा छाँट्न सक्तिन म

घाँटी हेरी हाँड निल्ने बानी हुँदा मेरो
स्तर भन्दा ठुला काम आँट्न सक्तिन म

आँफुलाई अह्राएको कुनै पनि कुरा
गर्दिन'भो  भन्दै बोली काट्न सक्तिन म

खोलेफाँडो खादै बाँच्छु बरु गर्ब मान्दै
धनसँग स्वभिमान साँट्न  सक्तिन म

रिमा साईराम (सापकोटा)

गजल, खाएकी छु,

खानु पर्ने ठक्कर जति जिन्दगीमा खाएकी छु
मनभरिका   दु;ख पिडा   गित संगै  गाएकी छु

देखाउँनु छैन सान   यो जुनीमा मलाई हेर
आफुँलाई  सुहाउँने  एकसरो   लाएकी छु 

गर्ब गर्छु आफु भित्र धन्य प्रभु जय भन्दै
गरि खाने हात खुट्टा दह्रो मैले पाएकी छु

कुर्सि माथि खुट्टा राखी बस्ने इच्छा पर सार्दै
संघर्षको बाटो खोज्दै चारैतिर धाएकी छु

रिमा साईराम (सापकोटा)

गजल, मलाई पठाएर,

हतारिदै   बिहे गरि मलाई पठाएर
ठुलो गल्ति गर्यौ बाबा डाँडा कटाएर

सुम्पिदिदा   पराईलाई   सानै   उमेरमा
आज सम्म  डराउँदै  बोल्छु खटाएर 

छोरा-छोरी  एउटै सम्झी शिक्षा नदिनाले
जिउँन बाध्य  पारिदियौ  आँशु  चटाएर

बाबा आमा अबुझ झैँ बन्दा  खेरि आज
बदलामा  काट्दैछु दिन  आयु घटाएर

रिमा साईराम (सापकोटा)

गजल, बसेका छौ किन?

 एउटै मुटु  दुईटा पारि बसेकाछौ किन ?
फुल छोडी काँडा   सित फसेकाछौ किन ?

नपाउँन्जेल आकाशको  तारा झार्छु  भन्दै
 स्वांग पारि  ब्यर्थै चिप्लो  घसेकाछौ किन ?

बिना अर्थ मायाजाल फिजाएर हिड्दै
नागले झैँ  चारैतिर  डसेका छौ किन ?

फुल- काँडा छुट्याउँने   ढंग छैन तिम्रो
मर्द बनि  अझै कम्मर कसेका छौ किन ?

रिमा साईराम (सापकोटा)

गजल, मेरी आमा,

मेरी आमा मलाई सम्झी  सधै रुन्छिन'रे
आशु धारा    बगाएर    पिडा    धुन्छिन'रे

बिदेशिन बाध्य बनिन्   छोरी   किन भन्दै
कुराहरु   खेलाएर    मन्मा     गुन्छिन'रे

आमा भन्दै बोलाएको झल्को आउँदा सधै
एक्लै बसी   टोलाउदै  दु;खि    हुन्छिन' रे

सपनीमा सधै भरि देख्दा मेरो रुप
ब्युझिएर चिच्चाउदै आखा थुन्छिन'रे

मेरी आमा मलाई सम्झी  सधै रुन्छिन'रे
आशु धारा    बगाएर    पिडा    धुन्छिन'रे

रिमा साईराम (सापकोटा)

गजल, सिक्दैछु म ,

नजानेका शब्दहरु  कोर्न सिक्दैछु म
आफुभित्र  लुकेका ति कला झिक्दैछु म

आफैखाउ  आफैलाउ भन्ने दुनियामा
संघर्षको   भुमरीमा बसी   टिक्दैछु म

नबुझेका   कुराहरु  बुझ्न खोज्दै आज
आफ्नो मनको भाबनामा आफै बिक्दैछु म

रुची राख्दै  केहि लेख्छु भन्दै अघि सरी
 आत्मैदेखि आफुलाई राम्रो खिप्दैछु म

रिमा साईराम (सापकोटा)

गजल,झुकाउँछौ किन ?

त्यो ठाडो शिर झुकाउँछौ किन ?
आफुलाई त्यसै  चुकाउँछौ किन ?

सकेनौ क्यारे मायालाई बुझ्न
ब्यार्थैमा  मन  दुखाउँछौ  किन ?

असत्य तिमी अंगालि बस्छौ
यथार्थ फेरी  लुकाउँछौ  किन ?

नहुनु थियो  भइसक्यो फेरी
रोएर घाटि  सुकाउँछौ  किन ?

रिमा साईराम (सापकोटा)

गजल ,बिरानो यो मुलुकमा

बिरानो यो मुलुकमा सधै एक्लै बस्दा
छिया-छिया हुन्छ मन बचनले डस्दा !!

सोच्ने गर्छु कहिले त प्राण छ या छैन
मरे तुल्य हुन्छु झन जन्जिरले कस्दा

लागीराख्ने सधै पिर छैन मन्मा शान्ति
थोरै पाए धेर गुमाए बिदेशमा पस्दा

आफ्नो भन्ने छैन कोहि बिरानो यो ठाउमा
नरोउ पनि कस्ले भन्छ आशु धारा खस्दा

रिमा साईराम

गजल , भाग्य हाम्रो यस्तै रैछ

भाग्य हाम्रो यस्तै रैछ कसो गर्नु तनि
सम्झिएर मुटु पोली दुख्छ मलाई पनि

तिमी फुल्यौ एकातिर म फुलेछु अन्तै
जहाँ फुलेनी हाम्रो माया अजम्बरी छनि

जस्तै बाधा आए पनि  जिन्गदिमा मेरो
गर्छु पुजा तिमी सधै  खुशी हुनु भनि

यो जुनीमा यस्तै भयो मन बुझाई बस
अर्को जन्म लिनेछु म  पक्कै तिम्रो बनि

-रिमा साईराम

गजल-रुखो बचन लगाउदै

रुखो बचन लगाउदै कति गर्छौ गालि
दु;ख मलाई पर्दा खेरि किन मार्छौ तालि

बाण रुपी तिखा बोलि प्रहार गर्दा पनि
बसिराखे आफ्नो मन आफुले नै टाली

धेरै सहे जिन्दगीमा तिम्रा कर्तुत मैले
अझै कति रोप्न खोज्छौ तिमी मलाई फाली

पार्नु जति घाइते पार्यौ बन्दै गयौ जाली
मन भरि छ चोटै चोट छैन कतै खालि

 ;रिमा साईराम ;

दोहोरी गीत-दु:ख पाकीछु

केटि ; आए विदेश साहुको रिन तिर्नलाई
अहिले सम्म सकिन फिर्नलाइ
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा; भनेकै थे नजाउन पियारी
बस घरमा बालबच्चा सिहारी
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; घरको हालत बिग्रदै गाकोथ्यो
हर कुरामा अभाब भाकोथ्यो
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा ; गयौ तिमी गाउघरलाई छोडेर
परिवारको मायालाई तोडेर
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; सबको भलो होला कि भनि
घर छोड्न बाध्य भै म पनि
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा ; किन गयौ तिम्ले हार खाएर
जसरी नि चलाउथे बेबहार
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; गार्हो भाथ्यो आशुले रुझ्दा
तिम्ले मेरो भाबना नबुझ्दा
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा ; माया ठुलो संसारमा भन्दा धन
किन तिम्ले बुझाइनौ आफ्नो मन
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; लाग्छ मलाइ बाच्याछु किन
अतालिन्छु सम्झिदा ति दिन
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा ; ब्यार्थै मन दुखाउछौ किन
छोड अब अतितलाई सम्झिन
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; काम गर्दैछु समुन्द्र पारि
आफ्नो मनलाई आफैले धिकारी
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

केटा ; कुनै दिनको सम्झेर राम्रो गुन
फर्क प्यारी सबै भुल मेरै हुन्
सम्झी दुख्छ मन –
फर्क प्यारी छिट्टै नै अब त माया भन्दा ठुलो हैन धन !!

केटि ; आफ्नै देशको ऋणी हु भनि
छिट्टै फर्की आउदैछु म पनि
दु;ख पाकी छु _
कोहो आफ्नो को पराइ थाहा छैन सबै बाट टाढा भाकी छु !!

रिमा सापकोटा