तिम्रो नाउँमा एउँटा गित लेख्न मन लाग्यो|
भुली जाने निष्ठुरीलाई देख्न मन लाग्यो |
मलाई छोडी आज तिमी हुँदा धेरै टाढा
अतित् सम्झी मुटुको घाऊ सेक्न मन लाग्यो |
सपनीमा जिस्काउँन तिमी आउँदा पनि
नजाउ कतै भन्दै बाटो छेक्न मन लाग्यो |
जता तिमी डुलेका छौ उतै हंस जाँदा
चरीले झैँ रुखको हागो टेक्न मन लाग्यो |
रिमा साईराम (सापकोटा
No comments:
Post a Comment