हतारिदै बिहे गरि मलाई पठाएर
ठुलो गल्ति गर्यौ बाबा डाँडा कटाएर
सुम्पिदिदा पराईलाई सानै उमेरमा
आज सम्म डराउँदै बोल्छु खटाएर
छोरा-छोरी एउटै सम्झी शिक्षा नदिनाले
जिउँन बाध्य पारिदियौ आँशु चटाएर
बाबा आमा अबुझ झैँ बन्दा खेरि आज
बदलामा काट्दैछु दिन आयु घटाएर
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment