Saturday, March 12, 2011

गजल ,आफ्नै देशमा ,



आफ्नै देशमा गरी खाने ठाम नपाएर
बिदेशिन बाध्य भएँ काम नपाएर |

छन गेडी सबै मेरी छैनन् गेडी सबै टेडी
आफन्त नी पराई भए दाम नपाएर |

गरिबहरु भोक-भोकै कति लडेका छन्
पेट भरी खान पुग्ने माम नपाएर |

भित्र-भित्रै जिन्दगी नै सड्न लागिसक्यो  
आफ्नो देशको हावा पानि घाम नपाएर |

जति काम गरे पनि यो अर्काको देशमा
दु;ख लाग्छ काम जस्तै नाम नपाएर  |

रिमा साईराम (सापकोटा)...

गजल,निरास हुन छोड प्रिय

छिट्टै भेट हुन्छ अब निरास् हुन छोड प्रिय
दु;खी हुदै आँशुले मन भयो धुन छोड प्रिय !

दोबाटोमा सधैभरी आँखाहरु बिछ्याएर
टोलाउँदै मेरो फोटो हातले छुन छोड प्रिय  !

दु;ख पछी सुख पक्कै होला भन्ने सम्झिएर
त्यो मनलाई दह्रो पारि तिम्ले रुन छोड प्रिय |

ज्यान टाढा भए के भो?मेरो माँया साथै छ नी
एकान्तमा बेहोसी भै बर्बराउँन छोड प्रिय |

स्वार्थी नै छ जमाना यो तिमीलाई थाहै होला
आफ्नो भनी कतै मनको बह फुन छोड प्रिय |

रिमा साईराम (सापकोटा)
हाल;इजराएल

Friday, March 11, 2011

गजल; दुनियाँको इशारामा ,


दुनियाँको इशारामा तिमी चल्न थाल्यौ
नचाहिदो हल्ला सुनी त्यसै जल्न थाल्यौ |

जिन्दगी यो दुई दिनको रमिता नै सम्झी
दोबाटोमा मद्होस छु भन्दै ढल्न थाल्यौ |

सत्य छाडी असत्य नै अंगालेर किन ? 
पानि माथी ओभानो भै कुरा छल्न थाल्यौ |

मदिराको साथ लिदै क्षणिक् मज्जा लुटी
भित्र-भित्रै मक्किएर आफैँ गल्न थाल्यौ |


जस्तो आँफु उस्तै च्यापु सँम्झी चुर्मुरिदै

आगो बनी दन्किएर रिसले बल्न थाल्यौ |

रिमा साईराम (सापकोटा

गजल,माया लाउँन पल्किएछौ ,

मुटु काम्ने जाडो याममा आगो बनी सल्किएछौ
बेसारे भै भित्र-भित्रै माँया लाउँन पल्किएछौ |

औँशीको त्यो रातसरी अँध्यारोमा मलाई राखी
पुर्णिमाको जून बनी अर्कै तिर झल्किएछौ   |

मेरो चोखो मायालाई लत्याउँदै रुवाएर
यो दु;खीको आँखा देखी आँशु बनी छल्किएछौ |

जून देखे जूनै राम्रो घाँम देखे घामै राम्रो
जून छोडी घाँमको राप ताप्न तिरै ढल्किएछौ |

आफन्तको मन दुखाई तिमी मात्र खुशी हुन
उनले ओढ्ने पछ्यौरीको सीतारा भै  टल्किएछौ |

रिमा साईराम (सापकोटा)
हाल;इजराएल

Wednesday, March 9, 2011

गजल , चुलो चौको छोडौ अब

चुलो चौको सजाउँदै बस्न मात्र छोडौं अब
अपहेलित नारीहरु एकै मनमा जोडौं अब |

नारीलाई दासी सम्झी अत्याचार गर्नेका ति
मन भित्रका झार पात जरै देखी गोडौं  अब |

अरु देशका नारीहरु कति माथी पुगिसके
हाम्रा देशका नारीहरु लौन बाटो मोडौं अब |

छोरा जन्मे गर्ब गर्ने छोरी जन्मे नाक् खुम्चिने

नराम्रो यो प्रवृतिलाई छिट्टै गरी तोडौं अब |


रिमा साईराम (सापकोटा)

Monday, March 7, 2011

गजल,प्रगतिको शिखारैमा ,


प्रगतिको शिखरैमा लम्कि खुट्टा टेक्छु अब  
पिल्सिएको मनको व्यथा गजलमा लेख्छु अब |

राम्रै काम गर्दा पनि मेरै हात हटाएर
मलाई नै बाँध्न खोज्ने डोरी काटी फेक्छु  अब |

जति बचन लगाए नी  चुप चाप बसिदिन्थे
मैले जस्तै सहिदिने हुन्छन् कि कोई? देख्छु अब |

अनायासै चोट लागी दुखेको यो आलो घाउ
आगो बाली भुंग्रो माथी त्यस्कै रापले सेक्छु अब  |

हटि हैन डटी लड्ने विश्वास् बोकी अघि बढ्दा
चन्द्र ग्रहण लागे आँखा हत्केलाले छेक्छु अब |

रिमा साईराम (सापकोटा) 

Sunday, March 6, 2011

गजल, आँफु मात्र जान्ने ,

आँफु मात्र जान्ने बुझ्ने भन्ने सोच्छन् यहाँ
 कोहि उभो लागे खुट्टा तान्न खोज्छन् यहाँ |

आफैँ खाउ आफैँ लाउ भाबनामा चल्दै
आँफु खुशी हुन खोज्ने बाटो रोज्छन् यहाँ |

आफ्नो सानो घाउ दुख्दा अईया आथा गर्दै
अरुलाई मर्ने गरी भाला घोच्छन् यहाँ |

आफ्नो आङको भैसी छाडी अर्का जुम्रा देखाई
सानो कुरा खोतलेर पहाड जोत्छन् यहाँ |

मानिस् नै हुँ म पनी हुन सक्छन् गल्ति
भन्ने बुझ्दा बुझ्दै त्यसै रिसले छोप्छन् यहाँ |

रिमा साईराम (सापकोटा )

Saturday, March 5, 2011

गजल ,मोती दाना झार्दीन भो ,


मोति दाना झार्दीन भो रुन पुगिसक्यो
मनको पीडा आँशु सँगै धुन पुगिसक्यो |

छुरी रोप्नै किन पर्यो ?मुटु चर्काउँन
बाण रुपी बचन भित्रै छुन पुगिसक्यो |

चोट पारि मल्हम भर्न नखोजेनी हुन्छ
घाउभित्र तिम्ले छर्क्या नुन पुगिसक्यो |

कठोर पार्दै मेरो यो मन आफैँ सम्हाल्नेछु
तिम्रो सामु अब कम्जोर हुन पुगिसक्यो |

मर्न लागेँ भने पनि कठै नभन है
आजसम्म तिम्ले लाको गुन पुगिसक्यो |

रिमा साईराम (सापकोटा)

गजल , मरी भनिदिनु ,

उस्ले मलाई खोज्दै आए मरी भनिदिनु
तिम्रो मनको बस्ती देखी सरी भनिदिनु |

रातदिन तड्पिएर बाँच्दै थिएँ आज
सम्झनामा आँशुसँगै झरी भनिदिनु |

अन्जानमा मैले उस्लाई दु;ख दिएछु कि?
माफी माग्दै तिम्रो दु;ख हरी भनिदिनु |

बाँचुन्जेल तिम्रो निम्ती जति आँसु बगे
त्यै आँसुको  भेलमा नर्क तरी भनिदिनु |

घाँमछायाँ जस्तै तिम्रो माँया साथमा लिई
यो जुनीको लागी 'रिमा' टरी भनिदिनु |

रिमा साईराम (सापकोटा)

Friday, March 4, 2011

गजल, साथ साथै ,

साथ साथै जिन्दगीको खोलि तर्ने भए |
मेरो हात माग्न आउ सिउँदो भर्ने भए |

तिमी हाँसे हाँसी दिन्छु रोए सँगै रुन्छु
सहयात्री बनी हेर बिस्वास् गर्ने भए |

कागजको खाली पाना जस्तै मेरो जीबन्
सुम्पिदिन्छु तिम्रै हातमा रंग छर्ने भए |

चन्चल पारि त्यो मन अब छोडी डुलाउँन
आउ साथ दिन्छु मनको बस्ती सर्ने भए |

सँगै बाँच्ने सँगै मर्ने बाचा गरिदिन्छु
मेरो आँसु पुछी मनको व्यथा हर्ने भए |

रिमा साईराम (सापकोटा)

गजल,घात गरी गयौ ,


विश्वासको बदलामा घात गरी गयौ  |
चोखो माया लत्याएर बस्ती सरी गयौ

चोटै-चोटले छिया-छिया भएको यो मनको
घाउ माथि नुन चुक तिम्ले छरी गयौ |

जवानीको चुरीफुरी देखाउँदै आज  
जिन्दगीका सारा खुशी आफै हरी गयौ  |

वियोगको पीडा दिदै मलाई रुवाएर
आँसु बनी आँखाबाट तप्प झरी गयौ

 
अन्तिम् सास तिम्रै काखमा फेर्ने छु म भन्दै
मलाई एक्लै छोडी तिमी जंघार तरी गयौ |

Monday, February 28, 2011

गजल,भेटे जिन्दगीमा

हराएको मुख्य पाता भेटे जिन्दगीमा |
पवित्र त्यो निश्चल नाता भेटे जिन्दगीमा |

साउँनको झरीले म रुझ्दै हिड्दा खेरि
ओत दिने दह्रो छाता भेटे जिन्दगीमा |

भौतारिदै मरेतुल्य आफै बन्दै थिएँ
अचानक जीबन दाता भेटे जिन्दगीमा |

मेरो हरेक दु;ख सुख बुझी माया गर्ने
मनको राजा त्यही साता भेटे जिन्दगीमा |

निराशाले चारैतिर ढाकेको यो मनको
खुशी दिने ठुलो  खाता भेटे जिन्दगीमा |

Sunday, February 27, 2011

गजल, सेवा गर्न अघि बढी ,

सेवा गर्न अघि बढी फुलाउँ छाती हामी
दिन दु;खीको आँसु पुच्छ्न बढौँ साथी हामी

जिन्दगानी कर्कलाको पानी जस्तै भन्छन्
बाचुन्जेल सकेसम्म बनौं जाती हामी |

आफ्नो सानो मद्दतले कोहि बाँच्छ भने
त्यस्तो कार्य गर्नलाई उठौँ माथी हामी |

आँफु बाँची अरुलाई पनि बचाउँ है
ज्ञानको ज्योति फैलाउँन बालौं बाती हामी |

एकले थुके सुक्छ अरे सबले थुके बग्छ
सबै मिली बगाउँन भरौँ पाथी हामी |

रिमा साईराम (सापकोटा)

Saturday, February 26, 2011

गजल,भन्थ्यौ कता गयौ ?

तिम्रै यादमा तड्पी रुन्छु भन्थ्यौ आज कता गयौ ?
तिमी बिना पागल हुन्छु भन्थ्यौ आज कता गयौ ?

जिन्दगीमा जस्तोसुकै बाधा अड्चन आए पनि
तिम्रो पिर ब्यथा सुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्रो सट्टा आफै आँसु धारा मैले बगाएर
तिम्रा सारा पीडा धुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्लाई खुशी राख्ने मेरो मनको धोको पुरा गर्न
धर्ती छोडि आकाश छुन्छु भन्थ्यौ आज कता गयौ ?

सयौ जुनी सम्म पनि मनकी रानी चुन्नु पर्दा
मैले मात्र 'रिमा' चुन्छु भन्थ्यौ आज कता गयौ ?

रिमा साईराम (सापकोटा)

Friday, February 25, 2011

गजल, मन पराएकी ,

तिमी भन्दा अरु  मन पराएकी छैन हेर |
तिम्लाई माया गर्छु भन्न डराएकी छैन हेर |

बिरानो यो मुलुकमा एक्लै बस्नु परे पनि
मन डुलाई नजर कतै चराएकी छैन हेर |

जति सुकै हिस्सी परि आवस अरु ठावैं छैन
तिमी नै छौ मुटु भित्र हराएकी छैन हेर  | 

तिम्रो आशा गरेकी छु तिम्रै भरमा परेकी छु
तिमी देखी यो मन टाढा गराएकी छैन हेर |

जुनी-जुनी सम्म हामी सँगै बाँच्न पाउँ भनी
मनै मनले देबी भाक्छु कराएकी छैन हेर |

रिमा साईराम (सापकोटा)

Wednesday, February 23, 2011

गजल,बाबा

हराएकी छैन बाबा बाध्यतामा परेकी छु
बिबस्ताले धकेल्दिदा सात समुन्द्र तरेकी छु

बाबा आमा देखी टाढा बनाएनी समयले
अब छिट्टै फर्की संगै बस्ने आशा गरेकी छु

मुटु खान्छ सम्झिएर बालापनका पलहरु
तिनै यादमा डुल्दै खेल्दै  यता उता सरेकी छु

परदेशमा रातदिन परिवारकै झल्को आउँदा
तस्बिर हेरी सम्झनामा आँसु बनी झरेकी छु |

पिजडाको चरीले झैँ आज मैले बाँच्नु पर्दा
दिन रात तड्पी तड्पी आफै भित्रै मरेकी छु |

  रिमा साइराम (सापकोटा)

Tuesday, February 22, 2011

गजल, तिम्रो उच्च शिर, आमा ,

तिम्रो उच्च शिर मैले झुकाएकी छैन आमा
भन्दैछु म मेरो कथा लुकाएकी छैन आमा |

आफ्नै हातको  पौरखले गरी खान पाएकोमा
गर्ब गर्छु आफै यो मन चुकाएकी छैन आमा |

दु;ख सुख जिन्दगीको नियम नै यस्तै भन्दै
संघर्षमा लड्दा मुटु  दुखाएकी छैन आमा |

को हो आफ्नो को पराई चिन्न गाह्रो हुदाँ यहाँ  
मनको गाँठो कतै पनि फुकाएकी छैन आमा |

एक्लै बस्दा अनायासै मोति दाना बर्सिएर  
भिजेका यी परेली नी सुकाएकी छैन आमा |

रिमा साईराम (सापकोटा)

गजल , नदि सरी ,,

नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी |

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी

दुनियाँको अगाडी त देवता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी |

रिमा साइराम (सापकोटा

गजल , रुन पाए

माग्दिन म अरु केही तिम्रो काखमा रुन पाए
मन बुझाई बस्ने थिएँ मात्रै पाउ छुन पाए |

तिम्रै नामको सिन्दुर पोते नलगाए पनि मैले
खुशी हुन्थे तिमी सँग मनको गाँठो फुन पाए |

जीबन भरि साथ देउ भनि गुहार माग्नु भन्दा
सम्हालिदै बस्थे बरु मनको बह धुन  पाए |

बिर्सिदिन खोज्दा झनै सम्झनाले  सताउँछ
खोजी-खोजी लिन्थे मैले तिम्लाई भुल्ने गुन पाए |

हराउँदै गए पनि मेरो मनको आशा जति
केही छैन पुग्छ मलाई बल्दो चिता हुन पाए |

रिमा साईराम (सापकोटा)

Friday, February 18, 2011

गजल , चुनिसके मैले

तिमीलाई जीबन साथी चुनिसके मैले |
ढुकढुकीको तिम्रो आवाज सुनीसके मैले |

तिम्ले दिने चोखो माया जिन्दगीमा मेरो
सुख शान्ति सम्झिएर गुनिसके मैले |

हाम्रो बारे निकै चर्चा चलाउने सबै
दुनियाको अब मुख थुनिसके मैले |

अजम्बरी बनिदियोस् हाम्रो माया भन्दै
सम्झनालाई जाली रुमाल बुनिसके मैले |

संगै बाँच्ने संगै मर्ने चाहना त्यो हाम्रो
पुरा गर्न बरमाला उनिसके मैले |