मोति दाना झार्दीन भो रुन पुगिसक्यो
मनको पीडा आँशु सँगै धुन पुगिसक्यो |
छुरी रोप्नै किन पर्यो ?मुटु चर्काउँन
बाण रुपी बचन भित्रै छुन पुगिसक्यो |
चोट पारि मल्हम भर्न नखोजेनी हुन्छ
घाउभित्र तिम्ले छर्क्या नुन पुगिसक्यो |
कठोर पार्दै मेरो यो मन आफैँ सम्हाल्नेछु
तिम्रो सामु अब कम्जोर हुन पुगिसक्यो |
मर्न लागेँ भने पनि कठै नभन है
आजसम्म तिम्ले लाको गुन पुगिसक्यो |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment