दुनियाँको इशारामा तिमी चल्न थाल्यौ
नचाहिदो हल्ला सुनी त्यसै जल्न थाल्यौ |
जिन्दगी यो दुई दिनको रमिता नै सम्झी
दोबाटोमा मद्होस छु भन्दै ढल्न थाल्यौ |
सत्य छाडी असत्य नै अंगालेर किन ?
पानि माथी ओभानो भै कुरा छल्न थाल्यौ |
मदिराको साथ लिदै क्षणिक् मज्जा लुटी
भित्र-भित्रै मक्किएर आफैँ गल्न थाल्यौ |
जस्तो आँफु उस्तै च्यापु सँम्झी चुर्मुरिदै
आगो बनी दन्किएर रिसले बल्न थाल्यौ |
रिमा साईराम (सापकोटा
No comments:
Post a Comment