प्रगतिको शिखरैमा लम्कि खुट्टा टेक्छु अब
पिल्सिएको मनको व्यथा गजलमा लेख्छु अब |
राम्रै काम गर्दा पनि मेरै हात हटाएर
मलाई नै बाँध्न खोज्ने डोरी काटी फेक्छु अब |
जति बचन लगाए नी चुप चाप बसिदिन्थे
मैले जस्तै सहिदिने हुन्छन् कि कोई? देख्छु अब |
अनायासै चोट लागी दुखेको यो आलो घाउ
आगो बाली भुंग्रो माथी त्यस्कै रापले सेक्छु अब |
हटि हैन डटी लड्ने विश्वास् बोकी अघि बढ्दा
चन्द्र ग्रहण लागे आँखा हत्केलाले छेक्छु अब |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment