Friday, March 11, 2011

गजल,माया लाउँन पल्किएछौ ,

मुटु काम्ने जाडो याममा आगो बनी सल्किएछौ
बेसारे भै भित्र-भित्रै माँया लाउँन पल्किएछौ |

औँशीको त्यो रातसरी अँध्यारोमा मलाई राखी
पुर्णिमाको जून बनी अर्कै तिर झल्किएछौ   |

मेरो चोखो मायालाई लत्याउँदै रुवाएर
यो दु;खीको आँखा देखी आँशु बनी छल्किएछौ |

जून देखे जूनै राम्रो घाँम देखे घामै राम्रो
जून छोडी घाँमको राप ताप्न तिरै ढल्किएछौ |

आफन्तको मन दुखाई तिमी मात्र खुशी हुन
उनले ओढ्ने पछ्यौरीको सीतारा भै  टल्किएछौ |

रिमा साईराम (सापकोटा)
हाल;इजराएल

No comments:

Post a Comment