Wednesday, March 9, 2011

गजल , चुलो चौको छोडौ अब

चुलो चौको सजाउँदै बस्न मात्र छोडौं अब
अपहेलित नारीहरु एकै मनमा जोडौं अब |

नारीलाई दासी सम्झी अत्याचार गर्नेका ति
मन भित्रका झार पात जरै देखी गोडौं  अब |

अरु देशका नारीहरु कति माथी पुगिसके
हाम्रा देशका नारीहरु लौन बाटो मोडौं अब |

छोरा जन्मे गर्ब गर्ने छोरी जन्मे नाक् खुम्चिने

नराम्रो यो प्रवृतिलाई छिट्टै गरी तोडौं अब |


रिमा साईराम (सापकोटा)

No comments:

Post a Comment