Friday, March 4, 2011

गजल, साथ साथै ,

साथ साथै जिन्दगीको खोलि तर्ने भए |
मेरो हात माग्न आउ सिउँदो भर्ने भए |

तिमी हाँसे हाँसी दिन्छु रोए सँगै रुन्छु
सहयात्री बनी हेर बिस्वास् गर्ने भए |

कागजको खाली पाना जस्तै मेरो जीबन्
सुम्पिदिन्छु तिम्रै हातमा रंग छर्ने भए |

चन्चल पारि त्यो मन अब छोडी डुलाउँन
आउ साथ दिन्छु मनको बस्ती सर्ने भए |

सँगै बाँच्ने सँगै मर्ने बाचा गरिदिन्छु
मेरो आँसु पुछी मनको व्यथा हर्ने भए |

रिमा साईराम (सापकोटा)

No comments:

Post a Comment