उस्ले मलाई खोज्दै आए मरी भनिदिनु
तिम्रो मनको बस्ती देखी सरी भनिदिनु |
रातदिन तड्पिएर बाँच्दै थिएँ आज
सम्झनामा आँशुसँगै झरी भनिदिनु |
अन्जानमा मैले उस्लाई दु;ख दिएछु कि?
माफी माग्दै तिम्रो दु;ख हरी भनिदिनु |
बाँचुन्जेल तिम्रो निम्ती जति आँसु बगे
त्यै आँसुको भेलमा नर्क तरी भनिदिनु |
घाँमछायाँ जस्तै तिम्रो माँया साथमा लिई
यो जुनीको लागी 'रिमा' टरी भनिदिनु |
रिमा साईराम (सापकोटा)
तिम्रो मनको बस्ती देखी सरी भनिदिनु |
रातदिन तड्पिएर बाँच्दै थिएँ आज
सम्झनामा आँशुसँगै झरी भनिदिनु |
अन्जानमा मैले उस्लाई दु;ख दिएछु कि?
माफी माग्दै तिम्रो दु;ख हरी भनिदिनु |
बाँचुन्जेल तिम्रो निम्ती जति आँसु बगे
त्यै आँसुको भेलमा नर्क तरी भनिदिनु |
घाँमछायाँ जस्तै तिम्रो माँया साथमा लिई
यो जुनीको लागी 'रिमा' टरी भनिदिनु |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment