आफ्नै देशमा गरी खाने ठाम नपाएर
बिदेशिन बाध्य भएँ काम नपाएर |
छन गेडी सबै मेरी छैनन् गेडी सबै टेडी
आफन्त नी पराई भए दाम नपाएर |
गरिबहरु भोक-भोकै कति लडेका छन्
पेट भरी खान पुग्ने माम नपाएर |
भित्र-भित्रै जिन्दगी नै सड्न लागिसक्यो
आफ्नो देशको हावा पानि घाम नपाएर |
जति काम गरे पनि यो अर्काको देशमा
दु;ख लाग्छ काम जस्तै नाम नपाएर |
रिमा साईराम (सापकोटा)...
No comments:
Post a Comment