छिट्टै भेट हुन्छ अब निरास् हुन छोड प्रिय
दु;खी हुदै आँशुले मन भयो धुन छोड प्रिय !
दोबाटोमा सधैभरी आँखाहरु बिछ्याएर
टोलाउँदै मेरो फोटो हातले छुन छोड प्रिय !
दु;ख पछी सुख पक्कै होला भन्ने सम्झिएर
त्यो मनलाई दह्रो पारि तिम्ले रुन छोड प्रिय |
ज्यान टाढा भए के भो?मेरो माँया साथै छ नी
एकान्तमा बेहोसी भै बर्बराउँन छोड प्रिय |
स्वार्थी नै छ जमाना यो तिमीलाई थाहै होला
आफ्नो भनी कतै मनको बह फुन छोड प्रिय |
रिमा साईराम (सापकोटा)
हाल;इजराएल

No comments:
Post a Comment