Friday, March 4, 2011

गजल,घात गरी गयौ ,


विश्वासको बदलामा घात गरी गयौ  |
चोखो माया लत्याएर बस्ती सरी गयौ

चोटै-चोटले छिया-छिया भएको यो मनको
घाउ माथि नुन चुक तिम्ले छरी गयौ |

जवानीको चुरीफुरी देखाउँदै आज  
जिन्दगीका सारा खुशी आफै हरी गयौ  |

वियोगको पीडा दिदै मलाई रुवाएर
आँसु बनी आँखाबाट तप्प झरी गयौ

 
अन्तिम् सास तिम्रै काखमा फेर्ने छु म भन्दै
मलाई एक्लै छोडी तिमी जंघार तरी गयौ |

No comments:

Post a Comment