माग्दिन म अरु केही तिम्रो काखमा रुन पाए
मन बुझाई बस्ने थिएँ मात्रै पाउ छुन पाए |
तिम्रै नामको सिन्दुर पोते नलगाए पनि मैले
खुशी हुन्थे तिमी सँग मनको गाँठो फुन पाए |
जीबन भरि साथ देउ भनि गुहार माग्नु भन्दा
सम्हालिदै बस्थे बरु मनको बह धुन पाए |
बिर्सिदिन खोज्दा झनै सम्झनाले सताउँछ
खोजी-खोजी लिन्थे मैले तिम्लाई भुल्ने गुन पाए |
हराउँदै गए पनि मेरो मनको आशा जति
केही छैन पुग्छ मलाई बल्दो चिता हुन पाए |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment