तिम्रै यादमा तड्पी रुन्छु भन्थ्यौ आज कता गयौ ?
तिमी बिना पागल हुन्छु भन्थ्यौ आज कता गयौ ?
जिन्दगीमा जस्तोसुकै बाधा अड्चन आए पनि
तिम्रो पिर ब्यथा सुन्छु भन्थ्यौ आज कता गयौ ?
तिम्रो सट्टा आफै आँसु धारा मैले बगाएर
तिम्रा सारा पीडा धुन्छु भन्थ्यौ आज कता गयौ ?
तिम्लाई खुशी राख्ने मेरो मनको धोको पुरा गर्न
धर्ती छोडि आकाश छुन्छु भन्थ्यौ आज कता गयौ ?
सयौ जुनी सम्म पनि मनकी रानी चुन्नु पर्दा
मैले मात्र 'रिमा' चुन्छु भन्थ्यौ आज कता गयौ ?
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment