प्रदेशमा आफ्नो गाउँ सम्झिएर रोएँ
प्रियतमको सुन्दर नाउँ सम्झिएर रोएँ |
घर जग्गा धितो राखी लिएको त्यो ऋण
जोडी-जोडी ब्याज साउँ सम्झिएर रोएँ |
मिलिजुली दु;ख सुख साटी बसेको त्यो
प्राण भन्दा प्यारो ठाउँ सम्झिएर रोएँ |
बाध्यताले टाँढा हुदाँ दुखेको यो मनको
चर्किएको आलो घाउ सम्झिएर रोएँ |
फर्किएर आफ्नै देश जान्छु भनि सोच्दा
महंगी त्यो बजार भाउ सम्झिएर रोएँ |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment