तिम्रो उच्च शिर मैले झुकाएकी छैन आमा
भन्दैछु म मेरो कथा लुकाएकी छैन आमा |
आफ्नै हातको पौरखले गरी खान पाएकोमा
गर्ब गर्छु आफै यो मन चुकाएकी छैन आमा |
दु;ख सुख जिन्दगीको नियम नै यस्तै भन्दै
संघर्षमा लड्दा मुटु दुखाएकी छैन आमा |
को हो आफ्नो को पराई चिन्न गाह्रो हुदाँ यहाँ
मनको गाँठो कतै पनि फुकाएकी छैन आमा |
एक्लै बस्दा अनायासै मोति दाना बर्सिएर
भिजेका यी परेली नी सुकाएकी छैन आमा |
रिमा साईराम (सापकोटा)
भन्दैछु म मेरो कथा लुकाएकी छैन आमा |
आफ्नै हातको पौरखले गरी खान पाएकोमा
गर्ब गर्छु आफै यो मन चुकाएकी छैन आमा |
दु;ख सुख जिन्दगीको नियम नै यस्तै भन्दै
संघर्षमा लड्दा मुटु दुखाएकी छैन आमा |
को हो आफ्नो को पराई चिन्न गाह्रो हुदाँ यहाँ
मनको गाँठो कतै पनि फुकाएकी छैन आमा |
एक्लै बस्दा अनायासै मोति दाना बर्सिएर
भिजेका यी परेली नी सुकाएकी छैन आमा |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment