छोडी गयौ धन रोज्दै मेरो झुप्रो पाली छैन
जोडी गयौ नाता अन्तै सम्बन्धको आली छैन |
भन्ने गर्थ्यौं तिमी बिना बाच्नै गाह्रो हुन्छ मलाई
तोडी गयौ बाचा सबै त्यसको लागी ताली छैन |
मिठा-मिठा सपनामा रोपेका ती फूलका बोट
गोडी गयौ जरै काटी पलाउने डाली छैन
दुई मुटु एकै पारि बाच्ने आशा देखाएर
मोडी गयौ तिम्ले मन तर पनि गाली छैन |
तिम्रो मनमा मैले चोट पुर्याउने छैन भन्दै
फोडी गयौ मुटु मेरो अब कतै खाली छैन |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment