पबित्र त्यो बन्धनलाई तोड्यौ तिमीले |
फुल छोडी काँडालाई गोड्यौ तिमीले |
भर पर्दो साथी बन्छु भन्दै आखिरमा
दोबाटोमा ल्याएर पो छोड्यौ तिमीले |
जुनी-जुनी संगै जिउँने बाचा भुलेर खै
कसो गरी मन मुटु मोड्यौ तिमीले |
अधुरो नै पारि हाम्रो प्रेम कहानी
अर्कै सँग आज नाता जोड्यौ तिमीले |
दुईदिनको रमझममा तिमी रमाउदै
साईनो बाँध्ने हाम्रो पर्खाल फोड्यौ तिमीले |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment