गजल = १
बितिसके धेरै दिन अझै कति टार्छौ तिमी ?
मेरो माया छैन भने ठिक्क किन पार्छौ तिमी ?
राजीखुशी लाको माया अहम्तामा तोड्छौ भने
आउँदिन भो तिम्रो बाटो बार किन बार्छौ तिमी ?
हात थामि जीवनभर साथ दिन नसक्नेले
झुटो बाचा कसम खादै तारा किन झार्छौ तिमी ?
हिड्दा हिड्दै रोकिएर हराउँने गर्छौ फेरी
अझै अघि बढाएर पाईला किन सार्छौ तिमी ?
तिम्रै यादमा तड्पिएर बाच्ने छु म अन्तिम् सम्म
सक्छौ ? मलाई मार बरु माया किन मार्छौ तिमी ?
गजल = २
डुली हिड्ने भमराको हुलमा घुल्न थाल्यौ
फुलको रस चुस्दै-चुस्दै तिमी डुल्न थाल्यौ |
सोच्नै छाडी भविष्य के होला भन्ने पनि
जता मिल्छ मिठो स्वाद त्यतै भुल्न थाल्यौ |
कोहो शत्रु को हो मित्रु नचिने झैँ तिम्ले
आफ्नो मनको सारा कुरा त्यसै खुल्न थाल्यौ |
जिन्दगीलाई मात्र खेल सम्झीएर हो कि ?
दिन-दिनै मदिरामा रम्दै झुल्न थाल्यौ |
अर्ति दिदा गालि सम्झी रिसाएर सधैँ
त्यसै तिमी आफ्नै शुरमा माथि चुल्न थाल्यौ |
गजल =३
अनायासै अतीतलाई सम्झी रुदैछु म
आँशु झारी मनका दर्द पीडा धुदैछु म
स्वार्थी तिम्रो मनलाई चिन्न ढिलो गर्दा
पश्चातापले पोल्दै आज एक्लो हुदैछु म |
आफै जस्तो सोची छिट्टै बिस्वास गरिदिने
रैछ मेरो कमजोरीपन बल्ल बुझ्दैछु म |
त्यति धेरै भर परि बस्दा खेरि आज
किन यस्तो गर्यौ भन्दै मनले गुन्दैछु म |
मैल जति रुनु परे पनि तिम्रो लागि
तिमी खुशी हुनु भन्दै देउँता पुज्दैछु म |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment