हिड्दा हिड्दै बाटो नै छुटे जस्तो लाग्यो |
बेसुरमै कसैले कुटे जस्तो लाग्यो |
जसोतसो जिन्दगि चल्दै जाँदा खेरि
विधाताले मलाई नै लुटे जस्तो लाग्यो |
धर्खरिदै सागर त्यो पार गर्दै-गर्दै
झमझमे झरीले कुटे जस्तो लाग्यो |
समयलाई नबुझी अघि बढ्न खोज्दा
आफै बाट जिबन यो टुटे जस्तो लाग्यो |
भाग्य पनि एक्कासि थाहै नदिएर
शिसा सरी चर्किदै फुटे जस्तो लाग्यो |
रिमा साईराम (सापकोटा )
No comments:
Post a Comment