हामी सबै समान हौ जातको कुरा नगरौ
बिश्वासमा चल्न सिकौ घातको कुरा नगरौ
फक्रिएको फूलसरी सबैको मन जितेर
डालीबाट झरेको त्यो पातको कुरा नगरौ |
पर्खी बसे पक्कै पनि आउँछ दिन सुनौलो
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ |
निस्वार्थ त्यो भावनाको भुलेर बाटो कहिलै
आफै तल पर्ने स्वार्थि साथको कुरा नगरौ |
नशा लाग्यो भन्दै त्यस्तो पारेर जाली बाहना
मदहोस्मा पिएको त्यो मातको कुरा नगरौ |
बिश्वासमा चल्न सिकौ घातको कुरा नगरौ
फक्रिएको फूलसरी सबैको मन जितेर
डालीबाट झरेको त्यो पातको कुरा नगरौ |
पर्खी बसे पक्कै पनि आउँछ दिन सुनौलो
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ |
निस्वार्थ त्यो भावनाको भुलेर बाटो कहिलै
आफै तल पर्ने स्वार्थि साथको कुरा नगरौ |
नशा लाग्यो भन्दै त्यस्तो पारेर जाली बाहना
मदहोस्मा पिएको त्यो मातको कुरा नगरौ |
No comments:
Post a Comment