छैन ठाउँ यो दिल भित्र अब पस्न नखोज भो
बिषालु त्यो नागले झैँ सधैँ डस्न नखोज भो |
मुखले चिप्लो पार्दै तिम्ले मनमा काल कुट बोकी
अझै मेरो मुटु भित्र छुरा धस्न नखोज भो |
दुनियाँका ती नजरमा गिराउँन खोज्दै मलाई
आँफु मात्र इमान्दारी हुदै बस्न नखोज भो |
आसुँ पुछ्नु पर्ने ठाउँमा जीबनभरि रुवाएर
मेरो पापले जानी-जानी नर्क फस्न नखोज भो |
सिधा बाटो हिड्नेलाई काँडाले नि कोर्दैन रे
मलाई पार्ने खाल्टो खन्दै आफै खस्न नखोज भो |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment