समाल्नेछु आफुलाई म त कम्जोर हुन्न अब
निर्दयी को बचन सम्झी कहिलेनी रुन्न अब |
मेरो बारे नचाहिदो चर्चा गरी ठुलो बन्न
चलाएको मुख मैले जानेकी छु थुन्न अब |
सिस्नुघारी रैछ जहाँ त्यही फूल्न बाध्य भएँ
तर पनि लाग्दिन भो अर्को बाटो चुन्न अब |
बाध्यताले जिन्दगी यो फसे पनि अंधेरीमा
साहस् गर्दै अघि बढ्छु आसुँले मन धुन्न अब |
आफ्नो मनको रहर मारी अरुको नै खुशी हेर्न
छोडीसके आशाका ति ताना मैले बुन्न अब |
रिमा साईराम (सापकोटा)
निर्दयी को बचन सम्झी कहिलेनी रुन्न अब |
मेरो बारे नचाहिदो चर्चा गरी ठुलो बन्न
चलाएको मुख मैले जानेकी छु थुन्न अब |
सिस्नुघारी रैछ जहाँ त्यही फूल्न बाध्य भएँ
तर पनि लाग्दिन भो अर्को बाटो चुन्न अब |
बाध्यताले जिन्दगी यो फसे पनि अंधेरीमा
साहस् गर्दै अघि बढ्छु आसुँले मन धुन्न अब |
आफ्नो मनको रहर मारी अरुको नै खुशी हेर्न
छोडीसके आशाका ति ताना मैले बुन्न अब |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment