तिम्रै यादमा टोलाएर हराउँन थालेकी छु |
दिन दिनै एक्लै म त बर्बराउँन थालेकी छु |
रमझम खुशियाली भन्दा पनि आज भोली
एकान्त पो झनै मन पराउँन थालेकी छु |
जता हिड्न खोज्छु त्यतै सम्झिएर टोलाउँदै
बेसुरमा पाइलाहरु लर्खराउँन थालेकी छु |
सपनीमा आउँदा सधैँ तिमी मेरो समीपमा
निन्द्राबाट झस्किएर कराउँन थालेकी छु
मेरो मात्र एकोहोरो माया हो की भन्दै फेरी
भित्र-भित्रै कैले-काहिँ डराउँन थालेकी छु |
रिमा साईराम (सापकोटा)

No comments:
Post a Comment