Monday, January 31, 2011

गजल , म हिडेको बाटो ,


कस्तो भयो होला सधैँ म हिडेको बाटो आज ?
सम्झी-सम्झी रुदैछु म आफ्नै देशको माटो आज |

प्रदेशमा पिजडाको चरीले झैँ बाच्नु पर्दा
आँखाभरि झल्केको छ मेरै खेतको पाटो आज |

भोकै बस्न नसकि यो बेदेशिको खाना खादा
घुटु-घुटु थुक निल्छु सम्झी घरको आँटो आज

आफन्तको याद आउँदा झनै पिर चिन्ता मान्दै
दु;खी हुदै बसेकिछु रमाउँनुको साटो आज |

रिमा साईराम सापकोटा

Sunday, January 30, 2011

गजल, रहर ,

जिन्दगीका  रहर जति सबै मारिसके मैले |
नखोज भो जित्न मलाई आफै हारिसके मैले |

जीबन भरि छुरी धस्दै मलाई तिम्ले दिएका ती
 चोटै चोटका  पीडा आँशु बाटै झारिसके मैले |

जति तिम्ले दुखाउँन खोजे पनि मेरो मन यो   
दुख्ने छैन अब देखी पत्थर पारिसके मैले |

सुन्दा सुन्दै दिक्क हुदै तिम्रा जाली कुराहरु
नबोलेरै मौन बसी  भित्रै टारिसके मैले  |

चैत मास खडेरीले खाएको त्यो डाली थियो
त्यही पनि रसिलो ठाउँ खोजी सारिसके मैले |

नसोचेनी हुन्छ फेरी यो मनभित्र पस्छु भनि
मनको ढोका  काँडे तारले अब बारिसके मैले |

रिमा साईराम (सापकोटा)

Friday, January 28, 2011

गीत, रैछौ तिमी जाली,

इमान्दारी छौ भनेको रैछौ तिमी जाली |
बेसारे भै नभन भो अब मलाई काली |

आफ्नै सम्झी धेरै बिस्वास गर्थे तिमी माथि
सोचेकी नि थिइन मैले छौ भनेर घाती
बस्दै छु म फाटेको मन आफु भित्रै टाली
बेसारे भै नभन भो अब मलाई काली |

जहाँ तिमी भए पनि सधैँ खुशी हुनु
यो 'रिमा'लाई सम्झिएर नपरोस् है रुनु
मुटु भरि चोटै चोट् छ छैन कतै खाली
बेसारे भै नभन भो अब मलाई काली |

इमान्दारी छौ भनेको रैछौ तिमी जाली
बेसारे भै नभन भो अब मलाई काली |

रिमा साईराम (सापकोटा)

गजल , तिमीलाई भेटेपछी,



तिमीलाई भेटे पछी धेरै खुशी लागेको छ |
भएका ती  पिर व्यथा यो मनबाट भागेको छ |

जिन्दगीमा जतिसुकै कष्ट भोग्नु परे पनि
सधै भरि यो आत्माले तिम्रै साथ मागेको छ

 जुनी-जुनी भरिलाई तिम्रो माया सजाउदै
अरु हैन यो दिल भित्र  तिम्रै तस्बिर टाँगेको छ

जिउँदै थिएँ  पिल्सिएर  आफै बनी मरे तुल्य
आयौ तिमी अमृत छर्दै बाच्ने इच्छा जागेको छ

 रिमा साईराम (सापकोटा)

Thursday, January 27, 2011

गीत, एक्लो पार्दिन

भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
 जुनिभरी तिम्रो माया कतै सार्दीन


विधाताले आज कस्तो खेल खेलाए
जिन्दगीका इच्छाहरु सबै सेलाए
तिम्ले माया मारे पनि म त मार्दिन
 जुनिभरी तिम्रो माया  कतै सार्दीन

बस्नु पर्यो विरहको गीत गाएर
 दुखाएछु व्यर्थै मुटु प्रित लाएर
 भन्ने गर्थ्यौ बिना अर्थ आँशु झार्दीन
 जुनीभरी तिम्रो माया  कतै सार्दीन

भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
 जुनिभरी तिम्रो माया  कतै सार्दीन

रिमा साईराम (सापकोटा) 

Tuesday, January 25, 2011

गजल , कलिला मुना

कलिला मुना छोडेर आएँ
आत्मीय नाता तोडेर आएँ

तोते बोलीमा भन्दै थे आमा !
विवश यो मन मोडेर आएँ

भए नि इच्छा स्याहार्दै बस्ने
धनसँग नाता जोडेर आएँ

मुटुमा गाँठो पारेर आफैँ
स्नेहको पर्खाल फोडेर आएँ ।


  रिमा  साईराम (सापकोटा)

Monday, January 24, 2011

गजल,छिट्टै फर्की आउँछु आमा


अब धेरै बस्दिन म छिट्टै  फर्की आउँछु आमा |
गाउँ बेसी  मेला  पात  तिमी  संगै  धाउँछु आमा |

मेरा निम्ति  दर्द पीडा धेरै  सहिसक्यौ तिम्ले
छिट्टै आई  तिम्रो मन्मा खुशी बनि छाउँछु आमा |

चाँड पर्ब आउँदा पनि  पुग्यो अब टोलाउँन
अहिलेको  तिज सम्म मैले छुट्टि पाउँछु आमा |

 आफ्नै गाउँ घरतिर  चलन चले अनुसार
 सारी चोलो चुरा पोते  टिका पनि लाउँछु आमा |

तिम्रै हात्ले पकाएको मिठो-मिठो खाना खादै
साथी संगी भेला पारि नाच्दै  गित गाउँछु आमा |

   रिमा साईराम (सापकोटा)