Saturday, March 5, 2011

गजल ,मोती दाना झार्दीन भो ,


मोति दाना झार्दीन भो रुन पुगिसक्यो
मनको पीडा आँशु सँगै धुन पुगिसक्यो |

छुरी रोप्नै किन पर्यो ?मुटु चर्काउँन
बाण रुपी बचन भित्रै छुन पुगिसक्यो |

चोट पारि मल्हम भर्न नखोजेनी हुन्छ
घाउभित्र तिम्ले छर्क्या नुन पुगिसक्यो |

कठोर पार्दै मेरो यो मन आफैँ सम्हाल्नेछु
तिम्रो सामु अब कम्जोर हुन पुगिसक्यो |

मर्न लागेँ भने पनि कठै नभन है
आजसम्म तिम्ले लाको गुन पुगिसक्यो |

रिमा साईराम (सापकोटा)

गजल , मरी भनिदिनु ,

उस्ले मलाई खोज्दै आए मरी भनिदिनु
तिम्रो मनको बस्ती देखी सरी भनिदिनु |

रातदिन तड्पिएर बाँच्दै थिएँ आज
सम्झनामा आँशुसँगै झरी भनिदिनु |

अन्जानमा मैले उस्लाई दु;ख दिएछु कि?
माफी माग्दै तिम्रो दु;ख हरी भनिदिनु |

बाँचुन्जेल तिम्रो निम्ती जति आँसु बगे
त्यै आँसुको  भेलमा नर्क तरी भनिदिनु |

घाँमछायाँ जस्तै तिम्रो माँया साथमा लिई
यो जुनीको लागी 'रिमा' टरी भनिदिनु |

रिमा साईराम (सापकोटा)

Friday, March 4, 2011

गजल, साथ साथै ,

साथ साथै जिन्दगीको खोलि तर्ने भए |
मेरो हात माग्न आउ सिउँदो भर्ने भए |

तिमी हाँसे हाँसी दिन्छु रोए सँगै रुन्छु
सहयात्री बनी हेर बिस्वास् गर्ने भए |

कागजको खाली पाना जस्तै मेरो जीबन्
सुम्पिदिन्छु तिम्रै हातमा रंग छर्ने भए |

चन्चल पारि त्यो मन अब छोडी डुलाउँन
आउ साथ दिन्छु मनको बस्ती सर्ने भए |

सँगै बाँच्ने सँगै मर्ने बाचा गरिदिन्छु
मेरो आँसु पुछी मनको व्यथा हर्ने भए |

रिमा साईराम (सापकोटा)

गजल,घात गरी गयौ ,


विश्वासको बदलामा घात गरी गयौ  |
चोखो माया लत्याएर बस्ती सरी गयौ

चोटै-चोटले छिया-छिया भएको यो मनको
घाउ माथि नुन चुक तिम्ले छरी गयौ |

जवानीको चुरीफुरी देखाउँदै आज  
जिन्दगीका सारा खुशी आफै हरी गयौ  |

वियोगको पीडा दिदै मलाई रुवाएर
आँसु बनी आँखाबाट तप्प झरी गयौ

 
अन्तिम् सास तिम्रै काखमा फेर्ने छु म भन्दै
मलाई एक्लै छोडी तिमी जंघार तरी गयौ |

Monday, February 28, 2011

गजल,भेटे जिन्दगीमा

हराएको मुख्य पाता भेटे जिन्दगीमा |
पवित्र त्यो निश्चल नाता भेटे जिन्दगीमा |

साउँनको झरीले म रुझ्दै हिड्दा खेरि
ओत दिने दह्रो छाता भेटे जिन्दगीमा |

भौतारिदै मरेतुल्य आफै बन्दै थिएँ
अचानक जीबन दाता भेटे जिन्दगीमा |

मेरो हरेक दु;ख सुख बुझी माया गर्ने
मनको राजा त्यही साता भेटे जिन्दगीमा |

निराशाले चारैतिर ढाकेको यो मनको
खुशी दिने ठुलो  खाता भेटे जिन्दगीमा |

Sunday, February 27, 2011

गजल, सेवा गर्न अघि बढी ,

सेवा गर्न अघि बढी फुलाउँ छाती हामी
दिन दु;खीको आँसु पुच्छ्न बढौँ साथी हामी

जिन्दगानी कर्कलाको पानी जस्तै भन्छन्
बाचुन्जेल सकेसम्म बनौं जाती हामी |

आफ्नो सानो मद्दतले कोहि बाँच्छ भने
त्यस्तो कार्य गर्नलाई उठौँ माथी हामी |

आँफु बाँची अरुलाई पनि बचाउँ है
ज्ञानको ज्योति फैलाउँन बालौं बाती हामी |

एकले थुके सुक्छ अरे सबले थुके बग्छ
सबै मिली बगाउँन भरौँ पाथी हामी |

रिमा साईराम (सापकोटा)

Saturday, February 26, 2011

गजल,भन्थ्यौ कता गयौ ?

तिम्रै यादमा तड्पी रुन्छु भन्थ्यौ आज कता गयौ ?
तिमी बिना पागल हुन्छु भन्थ्यौ आज कता गयौ ?

जिन्दगीमा जस्तोसुकै बाधा अड्चन आए पनि
तिम्रो पिर ब्यथा सुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्रो सट्टा आफै आँसु धारा मैले बगाएर
तिम्रा सारा पीडा धुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्लाई खुशी राख्ने मेरो मनको धोको पुरा गर्न
धर्ती छोडि आकाश छुन्छु भन्थ्यौ आज कता गयौ ?

सयौ जुनी सम्म पनि मनकी रानी चुन्नु पर्दा
मैले मात्र 'रिमा' चुन्छु भन्थ्यौ आज कता गयौ ?

रिमा साईराम (सापकोटा)