Saturday, February 5, 2011

गजल , काटेर गयौ ,

नौ डाडा पारि काटेर गयौ
फर्कन्छु भनि ढाटेर गयौ

रसिला कुरा गरेर सधै
प्रेमको डोरी बाटेर गयौ

नबुझी मेरो यो सच्चा दिल
पैसामा तिम्ले साटेर गयौ

गरेछौ अर्थ बिहिन माया
प्रेमको प्याला चाटेर गयौ

०७/०१/२०११

गजल , टुटे जस्तो लाग्यो ,


हिड्दा हिड्दै बाटो नै छुटे जस्तो लाग्यो |
बेसुरमै  कसैले  कुटे  जस्तो   लाग्यो |

जसोतसो जिन्दगि  चल्दै जाँदा खेरि
विधाताले मलाई नै लुटे जस्तो लाग्यो |

धर्खरिदै  सागर त्यो पार गर्दै-गर्दै
झमझमे  झरीले कुटे जस्तो लाग्यो |

समयलाई नबुझी अघि बढ्न खोज्दा
आफै बाट जिबन यो टुटे जस्तो लाग्यो |

भाग्य पनि एक्कासि   थाहै नदिएर
शिसा सरी चर्किदै फुटे जस्तो लाग्यो |

रिमा साईराम (सापकोटा )

गजल , पबित्र त्यो बन्धनलाई ,


पबित्र त्यो बन्धनलाई तोड्यौ तिमीले |
फुल छोडी काँडालाई गोड्यौ तिमीले |

भर पर्दो साथी बन्छु भन्दै आखिरमा
दोबाटोमा ल्याएर पो छोड्यौ तिमीले |

जुनी-जुनी संगै जिउँने बाचा भुलेर खै
कसो गरी मन मुटु  मोड्यौ तिमीले |

 अधुरो नै पारि हाम्रो प्रेम कहानी
अर्कै सँग आज नाता जोड्यौ तिमीले |

दुईदिनको रमझममा तिमी रमाउदै
साईनो बाँध्ने हाम्रो पर्खाल फोड्यौ तिमीले |

रिमा साईराम (सापकोटा) 

गजल , घायल जी को तरही मुशयारा १,२,३,४,र ५ -- पाँच गजलहरु

तरही मुशयरा भाग - ५ पाँच


कति लेखें गीत मैले पसी खोज्नु साहित्यमा
बुझ्ने भए मेरा  ब्यथा बसी खोज्नु साहित्यमा

बोरानो यो मुलुकमा कति दु;ख भोगेकी छु
मेरो कथा बुझ्नलाई दशी खोज्नु साहित्यमा

लेख्छु भन्छु मन खोलि बिरहका भाका जति
सबै लेख्न कसरी खै मसी खोज्नु साहित्यमा

सकेसम्म कोरेकी छु यो मनको पीडा जति
 हेर्ने भए तिम्ले पनि फसी खोज्नु साहित्यमा

तिम्रो मेरो अधुरो नै रहेका ती प्रेम लहर
पार्ने भए यौटै गाठो रसी खोज्नु साहित्यमा |


मूशायरा भाग- ४

सम्झिनै नसक्ने गुनको बयान के गरौ
धर्तीको धुलो म जूनको बयान के गरौ |

लजालु मुस्कान नशालु हेराइ परेकी
स्वर्गकी परि झैँ उनको बयान के गरौ |

सुरिलो स्वरमा त्यो मिठो बोलीले बोलेको
सम्झिदा बासुरी धुनको बयान के गरौ |

हिरा नै होलाकी मनमा साचेर राखेकी
हिराको अगाडी सुनको बयान के गरौ |

धनमा चल्छन दुनिया स्वार्थि छ जमाना
माटोको अगाडी चुनको बयान के गरौ |

मुशयरा भाग -३



गुमायौ  पुर्खा को निशान कुर्सीको कारण
छोड्दैछौ लेख्न संबिधान कुर्सीको कारण

मुखमा राम् राम् बगलीमा छुरा नै राखेर
देखायौ आफ्नो पहिचान कुर्सीको कारण

देशमा शान्ति छाएन खै कतै नि किन त ?
सधैँ छ आज हानाहान कुर्सीको कारण |

गरिब सोझा जनताको पसीना चुसेर
देखाउँदै हिड्छौ अझै शान कुर्सीको कारण

खाएर पनि नराम्ररी गालामा झापड
गर्दैछन् अझै तानातान कुर्सीको कारण |

 मूशयरा भाग -२



सत्ते कुरा नबोलेर लुकाएको पाप लाग्ला
कमलो यो मन मेरो दुखाएको पाप लाग्ला |

आउँछु भनि भेट्न सधैँ देउरालीमा कुराएर
आशा देखाई मुटु मेरो टुक्राएको  पाप लाग्ला

चोखो  मेरो मायालाई हेला गरे पछी पक्कै
रिसाउदै  सधैँ भरि घुर्क्याएको पाप लाग्ला |

यो दु;खीको मनबाट टाढै हुन खोजेदेखी
पलपल तड्पाएर रुवाएको पाप लाग्ला |

तितो हुन्छ ओखती यो खाउ भन्दै झुक्काएर
अमृतमा बिष  हाली खुवाएको पाप लाग्ला

मूशायरा भाग -१



तिम्रो निम्ती सुनौलो त्यो भोलि लिई आउँछु |
मधुरसले भरिएको  बोली लिई  आउँछु |

स्वच्छ खाली तिम्रो  सिउँदो भरि सजाउँन
खुशी हुदै सिन्दुरको  होलि लिई आउँछु |

मेरै निम्ती चोखो माया राख्नु सम्हालेर
हात थाप्दै खाली दिलको झोली लिई आउँछु |

 बस्नु तिमी बाटो हेर्दै सोह्र सिंगार गरी
म घोडामा तिम्रो लागि डोली लिई आउँछु |

रिमा साईराम (सापकोटा)

गीत, प्रदेशमा ,

प्रदेशमा नजाउ भन्दा गयौ तर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

आफ्नै गाउँ घरमा दु;ख सुख गरौला
साथ साथै जिन्दगीको खोलि तरौला
सम्झाउँदै थिएँ म त गयौ झर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

सम्पति नै सबै कुरा हैन भनेर
खाउँला बरु खुशी हुदै खेत खनेर
फुलको डाली  लर्के जस्तै गयौ लर्केर
काम गर्न गाह्रो भए आउ भो  फर्केर

प्रदेशमा नजाउ भन्दा गयौ तर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

रिमा साईराम (सापकोटा)

गजल ,तिम्रै यादमा

तिम्रै यादमा टोलाएर हराउँन थालेकी छु |
दिन दिनै एक्लै म त बर्बराउँन थालेकी छु |

रमझम खुशियाली भन्दा पनि आज भोली  
 एकान्त पो झनै मन पराउँन थालेकी छु |

जता हिड्न खोज्छु त्यतै सम्झिएर टोलाउँदै
बेसुरमा पाइलाहरु लर्खराउँन थालेकी छु |

सपनीमा आउँदा सधैँ तिमी मेरो समीपमा
निन्द्राबाट झस्किएर कराउँन थालेकी छु

मेरो मात्र एकोहोरो माया हो की भन्दै फेरी
भित्र-भित्रै कैले-काहिँ डराउँन थालेकी छु |

रिमा साईराम (सापकोटा)

Wednesday, February 2, 2011

गजल,पाइर'न

शुभेक्ष्याका थुँगाहरु पाइर'न सकुँ |
शुभेच्छुकका मन मुटुमा छाइर'न सकुँ |

सुख सयल भन्दा पनि जिन्दगीमा मैले
संघर्षका बाटाहरु धाइर'न सकुँ |

दु;ख सुख  हाँसो रोदन यस्तै रैछ भन्दै
जिन्दगीका मिठा गीत गाइर'न सकुँ |

मधुरसले भरिएको मिठो बोली दिदै  
सबै सँग स्वच्छ नाता लाइर'न सकुँ |


रिमा साईराम (सापकोटा)