Saturday, March 12, 2011

गजल ,आफ्नै देशमा ,



आफ्नै देशमा गरी खाने ठाम नपाएर
बिदेशिन बाध्य भएँ काम नपाएर |

छन गेडी सबै मेरी छैनन् गेडी सबै टेडी
आफन्त नी पराई भए दाम नपाएर |

गरिबहरु भोक-भोकै कति लडेका छन्
पेट भरी खान पुग्ने माम नपाएर |

भित्र-भित्रै जिन्दगी नै सड्न लागिसक्यो  
आफ्नो देशको हावा पानि घाम नपाएर |

जति काम गरे पनि यो अर्काको देशमा
दु;ख लाग्छ काम जस्तै नाम नपाएर  |

रिमा साईराम (सापकोटा)...

गजल,निरास हुन छोड प्रिय

छिट्टै भेट हुन्छ अब निरास् हुन छोड प्रिय
दु;खी हुदै आँशुले मन भयो धुन छोड प्रिय !

दोबाटोमा सधैभरी आँखाहरु बिछ्याएर
टोलाउँदै मेरो फोटो हातले छुन छोड प्रिय  !

दु;ख पछी सुख पक्कै होला भन्ने सम्झिएर
त्यो मनलाई दह्रो पारि तिम्ले रुन छोड प्रिय |

ज्यान टाढा भए के भो?मेरो माँया साथै छ नी
एकान्तमा बेहोसी भै बर्बराउँन छोड प्रिय |

स्वार्थी नै छ जमाना यो तिमीलाई थाहै होला
आफ्नो भनी कतै मनको बह फुन छोड प्रिय |

रिमा साईराम (सापकोटा)
हाल;इजराएल

Friday, March 11, 2011

गजल; दुनियाँको इशारामा ,


दुनियाँको इशारामा तिमी चल्न थाल्यौ
नचाहिदो हल्ला सुनी त्यसै जल्न थाल्यौ |

जिन्दगी यो दुई दिनको रमिता नै सम्झी
दोबाटोमा मद्होस छु भन्दै ढल्न थाल्यौ |

सत्य छाडी असत्य नै अंगालेर किन ? 
पानि माथी ओभानो भै कुरा छल्न थाल्यौ |

मदिराको साथ लिदै क्षणिक् मज्जा लुटी
भित्र-भित्रै मक्किएर आफैँ गल्न थाल्यौ |


जस्तो आँफु उस्तै च्यापु सँम्झी चुर्मुरिदै

आगो बनी दन्किएर रिसले बल्न थाल्यौ |

रिमा साईराम (सापकोटा

गजल,माया लाउँन पल्किएछौ ,

मुटु काम्ने जाडो याममा आगो बनी सल्किएछौ
बेसारे भै भित्र-भित्रै माँया लाउँन पल्किएछौ |

औँशीको त्यो रातसरी अँध्यारोमा मलाई राखी
पुर्णिमाको जून बनी अर्कै तिर झल्किएछौ   |

मेरो चोखो मायालाई लत्याउँदै रुवाएर
यो दु;खीको आँखा देखी आँशु बनी छल्किएछौ |

जून देखे जूनै राम्रो घाँम देखे घामै राम्रो
जून छोडी घाँमको राप ताप्न तिरै ढल्किएछौ |

आफन्तको मन दुखाई तिमी मात्र खुशी हुन
उनले ओढ्ने पछ्यौरीको सीतारा भै  टल्किएछौ |

रिमा साईराम (सापकोटा)
हाल;इजराएल

Wednesday, March 9, 2011

गजल , चुलो चौको छोडौ अब

चुलो चौको सजाउँदै बस्न मात्र छोडौं अब
अपहेलित नारीहरु एकै मनमा जोडौं अब |

नारीलाई दासी सम्झी अत्याचार गर्नेका ति
मन भित्रका झार पात जरै देखी गोडौं  अब |

अरु देशका नारीहरु कति माथी पुगिसके
हाम्रा देशका नारीहरु लौन बाटो मोडौं अब |

छोरा जन्मे गर्ब गर्ने छोरी जन्मे नाक् खुम्चिने

नराम्रो यो प्रवृतिलाई छिट्टै गरी तोडौं अब |


रिमा साईराम (सापकोटा)

Monday, March 7, 2011

गजल,प्रगतिको शिखारैमा ,


प्रगतिको शिखरैमा लम्कि खुट्टा टेक्छु अब  
पिल्सिएको मनको व्यथा गजलमा लेख्छु अब |

राम्रै काम गर्दा पनि मेरै हात हटाएर
मलाई नै बाँध्न खोज्ने डोरी काटी फेक्छु  अब |

जति बचन लगाए नी  चुप चाप बसिदिन्थे
मैले जस्तै सहिदिने हुन्छन् कि कोई? देख्छु अब |

अनायासै चोट लागी दुखेको यो आलो घाउ
आगो बाली भुंग्रो माथी त्यस्कै रापले सेक्छु अब  |

हटि हैन डटी लड्ने विश्वास् बोकी अघि बढ्दा
चन्द्र ग्रहण लागे आँखा हत्केलाले छेक्छु अब |

रिमा साईराम (सापकोटा) 

Sunday, March 6, 2011

गजल, आँफु मात्र जान्ने ,

आँफु मात्र जान्ने बुझ्ने भन्ने सोच्छन् यहाँ
 कोहि उभो लागे खुट्टा तान्न खोज्छन् यहाँ |

आफैँ खाउ आफैँ लाउ भाबनामा चल्दै
आँफु खुशी हुन खोज्ने बाटो रोज्छन् यहाँ |

आफ्नो सानो घाउ दुख्दा अईया आथा गर्दै
अरुलाई मर्ने गरी भाला घोच्छन् यहाँ |

आफ्नो आङको भैसी छाडी अर्का जुम्रा देखाई
सानो कुरा खोतलेर पहाड जोत्छन् यहाँ |

मानिस् नै हुँ म पनी हुन सक्छन् गल्ति
भन्ने बुझ्दा बुझ्दै त्यसै रिसले छोप्छन् यहाँ |

रिमा साईराम (सापकोटा )

Saturday, March 5, 2011

गजल ,मोती दाना झार्दीन भो ,


मोति दाना झार्दीन भो रुन पुगिसक्यो
मनको पीडा आँशु सँगै धुन पुगिसक्यो |

छुरी रोप्नै किन पर्यो ?मुटु चर्काउँन
बाण रुपी बचन भित्रै छुन पुगिसक्यो |

चोट पारि मल्हम भर्न नखोजेनी हुन्छ
घाउभित्र तिम्ले छर्क्या नुन पुगिसक्यो |

कठोर पार्दै मेरो यो मन आफैँ सम्हाल्नेछु
तिम्रो सामु अब कम्जोर हुन पुगिसक्यो |

मर्न लागेँ भने पनि कठै नभन है
आजसम्म तिम्ले लाको गुन पुगिसक्यो |

रिमा साईराम (सापकोटा)

गजल , मरी भनिदिनु ,

उस्ले मलाई खोज्दै आए मरी भनिदिनु
तिम्रो मनको बस्ती देखी सरी भनिदिनु |

रातदिन तड्पिएर बाँच्दै थिएँ आज
सम्झनामा आँशुसँगै झरी भनिदिनु |

अन्जानमा मैले उस्लाई दु;ख दिएछु कि?
माफी माग्दै तिम्रो दु;ख हरी भनिदिनु |

बाँचुन्जेल तिम्रो निम्ती जति आँसु बगे
त्यै आँसुको  भेलमा नर्क तरी भनिदिनु |

घाँमछायाँ जस्तै तिम्रो माँया साथमा लिई
यो जुनीको लागी 'रिमा' टरी भनिदिनु |

रिमा साईराम (सापकोटा)

Friday, March 4, 2011

गजल, साथ साथै ,

साथ साथै जिन्दगीको खोलि तर्ने भए |
मेरो हात माग्न आउ सिउँदो भर्ने भए |

तिमी हाँसे हाँसी दिन्छु रोए सँगै रुन्छु
सहयात्री बनी हेर बिस्वास् गर्ने भए |

कागजको खाली पाना जस्तै मेरो जीबन्
सुम्पिदिन्छु तिम्रै हातमा रंग छर्ने भए |

चन्चल पारि त्यो मन अब छोडी डुलाउँन
आउ साथ दिन्छु मनको बस्ती सर्ने भए |

सँगै बाँच्ने सँगै मर्ने बाचा गरिदिन्छु
मेरो आँसु पुछी मनको व्यथा हर्ने भए |

रिमा साईराम (सापकोटा)

गजल,घात गरी गयौ ,


विश्वासको बदलामा घात गरी गयौ  |
चोखो माया लत्याएर बस्ती सरी गयौ

चोटै-चोटले छिया-छिया भएको यो मनको
घाउ माथि नुन चुक तिम्ले छरी गयौ |

जवानीको चुरीफुरी देखाउँदै आज  
जिन्दगीका सारा खुशी आफै हरी गयौ  |

वियोगको पीडा दिदै मलाई रुवाएर
आँसु बनी आँखाबाट तप्प झरी गयौ

 
अन्तिम् सास तिम्रै काखमा फेर्ने छु म भन्दै
मलाई एक्लै छोडी तिमी जंघार तरी गयौ |